काठमाडौं । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ को पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । आज मङ कोकस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रनमै समेटियो । नेपालका लागि कप्तान सन्दीप जोराले १४ बलमा एक चौका र ८ छक्काको मदतमा ५३ रनमा रिटायर्ड हर्ट भए । तर लोकेश बम महंगो सावित हुँदा नेपालले लक्ष्य पछ्याउन सकेन । उनले १० बलमा १० रन मात्रै जोड्न सके ।
यता आदिल आलमले ५ बलमा २ चौकाको मदतले ११ रन र राशिद खानले पनि समान ११ रन जोडे ।
त्यसअघि टस जितेर अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेटको क्षतिमा ११२ रन जोडेको थियाे । आक्रामक सुरुवात गरेको अफगानिस्तानका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै १८.६७ को रनरेट कायम गरे। टोलीका लागि सर्वाधिक रन बनाउने क्रममा करिम जनतले मात्र १० बलमा २ चौका र ४ छक्कासहित ३५ रन बनाए। अर्का ब्याट्सम्यान सफी ९ बलमा २ चौका र ३ छक्काको मद्दतले ३० रन बनाएर नटआउट रहे।
कप्तान गुल्बादिन नाइबले १० बलमा ३ छक्कासहित २२ रनको महत्त्वपूर्ण योगदान दिए।
नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । उनले पाँचौं ओभरको पहिलो बलमा बाइड फ्याँकेपनि त्यसपछिका तीन बलमा ह्याट्रिक विकेट लिएका हुन् ।
नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तानसँगै दक्षिण अफ्रिका पनि रहेको छ ।





























प्रतिक्रिया