काठमाडाैं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शीर्षस्थानमा रहेको आर्सनललाई नवप्रवेशी सण्डरल्याण्डले २–२ को बराबरीमा रोकेको छ। घरेलु टोली सण्डरल्याण्डले खेलको अन्तिम समयसम्म सानदार प्रदर्शन गर्दै आर्सनललाई महत्त्वपूर्ण अंक खोस्न सफल भएकाे हाे ।
खेलको ३६औं मिनेटमा डेनियल बलार्डले गोल गर्दै सण्डरल्याण्डलाई १–० को अग्रता दिलाएका थिए। यस गोलसँगै पहिलो हाफमा आर्सनल दबाबमा रह्यो।
दोस्रो हाफमा आर्सनलले उत्कृष्ट पुनरागमन गर्यो। ५४ औं मिनेटमा स्टार विङ्गर बुकायो साकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। यसपछि, ७४ औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गोल गरेपछि आर्सनलले २–१ को अग्रता लियो र महत्त्वपूर्ण तीन अंकतर्फ अघि बढेको देखिन्थ्यो।
आर्सनलको जीत सुनिश्चित हुने दिशामा अघि बढिरहेको बेला, खेलको इन्जुरी टाइममा सण्डरल्याण्डका ब्रायन ब्रोब्बेले गोल गरेर नाटकीय रूपमा खेललाई २–२ को बराबरीमा पुर्याए।
यस बराबरीपछि आर्सनलले लिगको शीर्षस्थानमा आफ्नो अग्रता बढाउने मौका गुमाएको छ ।
गएराति भएकाे अर्काे खेलमा चेल्सीले वुल्भ्समाथि जित निकाल्दै दाेस्राे स्थानमा उक्लिएकाे छ ।





























प्रतिक्रिया