नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्याण्डको लर्डस मैदानमा वेष्ट इन्डिजविरुद्ध खेल खेलेका छन् । विहीबार भएको पहिलो टी २० अन्तर्राष्ट्रिय खेल विश्व ११ को टोलीबाट खेलेका सन्दीपले १ ओभर बलिङ गर्दै १२ रन दिए । "/>

टी २० अन्तर्राष्ट्रियमा सन्दीपको डेब्यू, यस्तो रह्यो प्रदर्शन

टी २० अन्तर्राष्ट्रियमा सन्दीपको डेब्यू, यस्तो रह्यो प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्याण्डको लर्डस मैदानमा वेष्ट इन्डिजविरुद्ध खेल खेलेका छन् । विहीबार भएको पहिलो टी २० अन्तर्राष्ट्रिय खेल विश्व ११ को टोलीबाट खेलेका सन्दीपले १ ओभर बलिङ गर्दै १२ रन दिए । उनी १३ अौं ओभर बलिङ गर्न आएका थिए ।

उनको बलिङमा दिनेश रामदिन, मोर्लिन सामुयल्स र रामदिनले १/१ रन जोडे । त्यस्तै सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरे। यस्तै पाँचौं बलमा उनले ३ रन लिए भने अन्तिम बलमा रामदिनले कुनै रन लिन सकेनन्।

वेन्ड इन्डिजमा गतवर्ष आएको सामुन्द्रिक आधीँले क्षति पुर्‍याएका रंगशालाको पुर्न निर्माणमा सहयोग पुर्याउने उदेश्यले आइसीसीले आयोजना गरेको च्यारिटी खेललार्इ टी २० अन्तर्राष्ट्रियको मान्यता दिएको थियो।

खेलमा वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो। २०० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको विश्व एघारले १६.४ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सक्यो ।

 

Skip This
Logo