फ्रान्सकाे विश्वकप २०२६ काे यात्रा पक्का

फ्रान्सकाे विश्वकप २०२६ काे यात्रा पक्का

केन्द्रबिन्दु
24
Shares

पेरिस । विश्वकप छनोटअन्तर्गत युरोपेली समूह ‘डी’ को खेलमा फ्रान्सले युक्रेनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै विश्वकप २०२६ को लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

किलियन एम्बाप्पेले खेलकाे ५५ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे र ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। त्यसअघि माइकल ओलिसेले ७६ औं मिनेटमा फ्रान्सका लागि गोल गरेका थिए ।

साथै हुगो एकिटिके खेलको ८८ औं मिनेटमा गोल गर्दै फ्रान्सको जितलाई ४-० को सानदार स्कोरमा पुर्‍याए।

यो महत्त्वपूर्ण जितसँगै फ्रान्सले समूह ‘डी’ मा ५ खेलबाट १३ अंक हासिल गर्दै एक खेल बाँकी छँदै विश्वकपको टिकट काटेको छ। यस समूहमा युक्रेन र आइसल्यान्ड ७-७ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

Skip This
Skip This
Logo