बाबर आजमको शतकमा पाकिस्तानको सहज जित

बाबर आजमको शतकमा पाकिस्तानको सहज जित

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । पाकिस्तानका पूर्वकप्तान बाबर आजमको उत्कृष्ट शतकको मद्दतले पाकिस्तानले श्रीलंकालाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा ८ विकेटको सहज अन्तरले पराजित गरेको छ।

यो जितसँगै तीन खेलको शृङ्खलामा पाकिस्तानले २-० को अग्रता लिएको छ।

रावलपिण्डी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८८ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। श्रीलंकाका लागि जनिथ लियानागेले ६३ बलमा ५४ रन बनाए भने कमिन्दु मेन्डिसले ४४ र सदिरा समराविक्रमाले ४२ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।

पाकिस्तानको बलिङतर्फ स्पिनर अबरार अहमद र तीव्र गतिका बलर हारिस रउफ दुवैले उत्कृष्ट प्रदर्शन गर्दै समान ३-३ विकेट लिएका थिए।

२८९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा मात्रै २ विकेट गुमाउँदै लक्ष्य सफलतापूर्वक पूरा गर्यो । ओपनर फखर जमानले ९३ बलमा ७८ रन बनाएर टिमलाई बलियो सुरुवात दिएका थिए।

तर, पाकिस्तानको जितको नायक भने कप्तान बाबर आजम रहे। उनले ११९ बल खेल्दै ८ चौकासहित १०२ रनमा अविजित रहेर टिमलाई जिताए। बाबरलाई अर्का अनुभवी ब्याट्सम्यान मोहम्मद रिजवानले उत्कृष्ट साथ दिए। रिजवानले ५४ बलमा ५१ रनमा अविजित रहँदै चौथो विकेटका लागि बाबरसँग निर्णायक साझेदारी गरेका थिए।

श्रीलंकाका लागि दुशमन्थ चमीराले २ विकेट लिएका थिए।

अब यो शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आइतबार रावलपिण्डीमै हुनेछ ।

Skip This
Skip This
Logo