काठमाडाैं । जर्मनीले फिफा विश्वकप छनाेटमा लक्जमबर्गलाई २-० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै चार पटकको विश्वकप विजेता जर्मनीले आफ्नो समूहको शीर्ष स्थानमा आफ्नो स्थिति बलियो बनाएको छ।
जर्मनीको जितमा नायक बने निक वोल्टेमाडे । उनले खेलको दोस्रो हाफमा दुई गोल गर्दै टीमलाई जित दिलाए। खेलको ४९ औं मिनेटमा वोल्टेमाडेले खाता खोले। त्यसको केही समयमै ६९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए।
यो खेलमा लक्जमबर्गले जर्मनीको बलियो रक्षापंक्ति तोड्न सकेन र खेलभर गोलविहीन रह्यो।





























प्रतिक्रिया