काठमाडाैं । विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अंगोलालाई २-० गोल अन्तरले पराजित गरेको छ। गएराति भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सी र लाैटारो मार्टिनेजले एक-एक गोल गरे।
खेलको पहिलो हाफ सकिनु ठिक अघि मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनले मेस्सीले उपलब्ध गराएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै नजिकको पोस्टतर्फ बललाई प्रहार गरे।
खेलको दोस्रो हाफमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। उनले पेनाल्टी बक्सको छेउमा बल गुमाएपछि लाउटारोले उनलाई फिर्ता दिएको बललाई पोस्टको टाढाको कुनामा प्रहार गरी जाली चुमाए।































प्रतिक्रिया