काठमाडौं । दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिगको लागि पोखरा एभेन्जर्स टोलीले इङ्गल्याण्डका विश्वकप विजेता तथा विस्फोटक ओपनर ब्याट्सम्यान जेसन रोयलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ।
रोयको आगमनले पोखरा एभेन्जर्सको ब्याटिङ लाइनअपलाई निकै बलियो बनाएको छ भने नेपाल प्रिमियर लिगको रौनक पनि बढेको छ। अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आक्रामक ब्याटिङका लागि परिचित रोयले टोलीलाई उत्कृष्ट सुरुवात दिलाउन सक्ने विश्वास लिइएको छ।
रोयले विश्वभरका विभिन्न प्रतिष्ठित टी-२० लिगहरू आईपीएल, बिग ब्यास, पीएसएलमा खेलिसकेका छन् र उनी २०१९ को क्रिकेट विश्वकप विजेता इङ्गल्याण्ड टोलीका महत्वपूर्ण सदस्य थिए । रोयको छक्का र चौका प्रहार गर्ने क्षमताले पोखरा एभेन्जर्सका खेलहरूलाई हेर्न लायक बनाउने निश्चित छ।































प्रतिक्रिया