काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको छ ।
युवा खेलाडी एस्तेभाओ र अनुभवी मिडफिल्डर कासेमिरोको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले यो जित दर्ता गरेको हो । खेलकाे २८ औं मिनेटमा ब्राजिलका लागि एस्तेभाओले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछि ३५ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए ।
पहिलो हाफमा भएको यही २-० को अग्रतालाई ब्राजिलले खेलको अन्तिमसम्म कायम राख्यो र सेनेगललाई हराउँदै मैत्रीपूर्ण खेलमा जित हासिल गर्यो।































प्रतिक्रिया