काठमाडौँ। विश्वकप छनोट प्रतियोगितामा स्पेनले जर्जियालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। यस जितसँगै स्पेनले समूह ईमा आफ्नो शीर्ष स्थान लगभग सुनिश्चित गरेको छ।
जर्जियाको मैदानमा भएको खेलमा स्पेनका लागि मिकेल ओयार्जाबलले दुई गोल गरे। उनले खेलको ११ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे र ६३ औँ मिनेटमा अर्को गोल थपे।
त्यसैगरी, स्पेनका लागि अन्य दुई गोल मार्टिन जुबिमेन्दी र फेरान टोरेसले गरे। जुबिमेन्दीले २२ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे भने फेरान टोरेसले ३५ औँ मिनेटमा गोल गरेर पहिलो हाफमै स्पेनलाई ३-० को बलियो स्थितिमा पुर्याएका थिए।
जर्जियाले खेलमा फर्कने प्रयास गरे पनि स्पेनिस रक्षापंक्ति र मिडफिल्डको तालमेल तोड्न सकेन। दोस्रो हाफमा ओयार्जाबलको अर्को गोलसँगै स्पेनले ४-० को सहज जित दर्ता गर्यो।































प्रतिक्रिया