काठमाडाैं । फिफा विश्वकप छनोट प्रतियोगितामा स्विट्जरल्याण्डले स्वीडेनलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
स्विट्जरल्याण्डको जितमा स्टार फरवार्ड ब्रिल इम्बोलोले १३ औँ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। तर, स्वीडेनका बेन्जामिन न्याग्रेनले ३३ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा स्विट्जरल्याण्डले आफ्नो खेलको स्तर निकै उकास्यो। ड्यान एन्डोयेले ७५ औँ मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई पुन: अग्रता दिलाए। त्यसलगत्तै, कप्तान ग्रानिट साकाले ८० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर ३-१ को सहज अग्रता बनाए।
खेलको इन्जुरी टाइममा जोहान मान्जाम्बीले अर्को गोल थपेपछि स्विट्जरल्याण्डले ४-१ को शानदार जित निश्चित गरेकाे हाे । यो जितपछि स्विट्जरल्याण्ड विश्वकपमा स्वतः छनोट हुने नजिक पुगेको छ।





























प्रतिक्रिया