पोखराविरुद्ध सुदूरपश्चिमको आक्रामक सुरुवात

पोखराविरुद्ध सुदूरपश्चिमको आक्रामक सुरुवात

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध शानदार सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दिवा-रात्री खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले आक्रामक खेल प्रदर्शन गरेको हो। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए।

पहिलाे पावर प्लेमा सुदूरपश्चिम रोयल्सले बिना कुनै विकेटको क्षतिमा ६० रन बनाएको छ। ओपनिङमा आएका जोश ब्राउन र विनोद भण्डारीले सुरुवाती ६ ओभरमै टोलीलाई उत्कृष्ट सुरुवात दिएका छन्।

जोश ब्राउन २० बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाएर क्रिजमा छन्।
विनोद भण्डारी १६ बलमा ४ चौकासहित २० रन बनाएर उनलाई साथ दिइरहेका छन्।

पोखराका बलरहरू आकाश चन्द र विपिन खत्रीले महँगो सावित भएका छन्। ३६ बलमा ६० रन खर्चिएका पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आफ्नो टोलीलाई पहिलो सफलता दिलाउन रणनीतिक परिवर्तन गर्ने दबाबमा परेका छन्।

Logo