प्रथम ब्लाइन्ड महिला टी २० विश्वकप क्रिकेटको उपाधिबाट चुक्यो नेपाल

प्रथम ब्लाइन्ड महिला टी २० विश्वकप क्रिकेटको उपाधिबाट चुक्यो नेपाल

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल प्रथम ब्लाइन्ड महिला टी २० विश्वकप क्रिकेटको उपाधिबाट चुकेको छ ।

श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा आज भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा ३ विकेटको क्षतिमा भेट्यायो । भारतको जितमा पी सारिन (बी३)ले सर्वाधिक ४४ रन जोडिन् । साथै के कुमारी (बी१)ले ४२ रनका साथ इनिङ उकासेकी थिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन तथा बिमला राईले २६ रन बनाएकी थिइन् ।

नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भएको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो । त्यसअघि भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

Skip This
Skip This
Logo