एनपीएल पहिलो क्वालिफायरः विराटनगरविरुद्ध सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल पहिलो क्वालिफायरः विराटनगरविरुद्ध सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । अब सुदूरपश्चिम ब्याटिङमा उत्रनेछ । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । आज जित्ने टोली सिधैं फाइनल पुग्नेछ । पराजित टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

Skip This
Skip This
Logo