काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को पहिलो क्वालिफायरमा शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सको सुरुवात अत्यन्तै कमजोर रहेकाे छ ।
१५६ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगरको शीर्ष क्रमलाई सुदूर पश्चिमका बलरहरूले धराशायी बनाएका हुन् । प्रारम्भिक ओभरहरूमा नै विराटनगरले महत्त्वपूर्ण ३ विकेट गुमाउन पुग्यो।
ओपनर सेम हेजलेट, मार्टिन गुप्टिल र नरेन भट्ट सस्तैमा आउट भएपछि विराटनगर किंग्स ठूलो दबाबमा आएको छ । हालको अवस्थामा, विराटनगर किंग्सलाई खेल जित्न बाँकी ओभरमा ठूलो साझेदारी र उच्च रन रेट आवश्यक देखिएको छ।































प्रतिक्रिया