लुम्बिनीविरुद्ध काठमाडौंको खराब सुरुवात, शीर्ष ४ विकेट पतन

लुम्बिनीविरुद्ध काठमाडौंको खराब सुरुवात, शीर्ष ४ विकेट पतन

केन्द्रबिन्दु
42
Shares

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले निकै खराब सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले ४.१ ओभरको समाप्तिमा मात्र १४ रन बनाउँदा ४ महत्वपूर्ण विकेट गुमाएको छ।

टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एलिमिनेटर खेलमा लुम्बिनीका दुई प्रमुख बलर शेर मल्ल र विदेशी खेलाडी रुबेन ट्रम्पेलम्यानले काठमाडौँको शीर्षक्रम ध्वस्त पारेका छन्।

काठमाडौँका कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिक्न सकेनन्। ओपनर प्रकाश त्रिपाठी १ रन र सनी पटेल ७ रनबाहेक ठूलो स्कोर बनाउन असफल रहे।

नेपालका लागि महत्वपूर्ण मानिने मिलिन्द कुमारले पनि ८ बल खेलेर २ रन मात्र जोड्न सके। पछिल्लो विकेटका रूपमा बेन चार्ल्सवर्थ ४ रन बनाएका छन् ।

यस खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ, जबकि पराजित हुने टोली उपाधि दौडबाट बाहिरिनेछ।

Logo