टी२० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा, शेर मल्ल पनि समावेश

टी२० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा, शेर मल्ल पनि समावेश

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ।

ओमानमा सम्पन्न एसियाली छनोटबाट विश्वकपमा स्थान सुरक्षित गरेपछि नेपाली टोली अहिले तयारीको अर्को चरणमा प्रवेश गरेको हो। टोलीको नेतृत्व नियमित कप्तान रोहित पौडेलले गर्नेछन् भने टोलीमा अनुभवी खेलाडीका साथै केही युवा प्रतिभाहरूलाई पनि समावेश गरिएको छ।

नेपालले पछिल्लो समय ओमानमा भएको छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो। टोलीमा युवा क्रिकेटर शेर मल्ल पनि समावेश छन् । एनपीएलको दोस्रो सिजनका इमर्जिङ प्लेयर मल्लले लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिङ क्रममा उनले १७ विकेट हात पारेका थिए ।

बन्द प्रशिक्षणमा परेका २४ खेलाडीहरू-

खेलाडीको नाम

१. रोहित पौडेल (कप्तान)
२. दीपेन्द्र सिंह ऐरी
३. सन्दीप लामिछाने
४. कुशल भुर्तेल
५. आसिफ शेख
६. कुशल मल्ल
७. सन्दीप जोरा
८. गुल्सन झा
९. सोमपाल कामी
१०. नन्दन यादव
११. ललित राजबंशी
१२. लोकेश बम
१३. आरिफ शेख
१४. आदिल अन्सारी
१५. करण केसी
१६. साहब आलम
१७. शेर मल्ल
१८. भीम सार्की
१९. इसान पाण्डे
२०. बसिर अहमद
२१. विनोद भण्डारी
२२. अविनाश बोहोरा
२३. प्रतिश जिसी
२४. रुपेश कुमार सिंह

Skip This
Skip This
Logo