डिपिएल क्रिकेटको फाइनल : चौराह धनगढी vs काठमाडौँ गोल्डेन्स (लाइभ)

डिपिएल क्रिकेटको फाइनल : चौराह धनगढी vs काठमाडौँ गोल्डेन्स (लाइभ)

केन्द्रबिन्दु
0
Shares

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्दै छन् । बिहिबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेन्स फाइनलमा प्रवेश गरेको हो । टिम चौराहा धनगढीले भने काठमाडौँलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो  । 

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको मैदानमा भैरहेको खेलमा अहिले टिम चौराह धनगढीले ब्याटिङ गरिरहेको छ । उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ । 

यो प्रतियोगितामा काठमाडौं र धनगढीले दुईपटक खेलेकोमा एक एक खेल जितेका छन् । काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने धनगढीको कप्तान सोमपाल कामी छन् । 

काठमाडौं गोल्डेन्सका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल
नरेश बुढाएर
बिक्रम ठगुन्ना
ललित राजबंशी
अमित श्रेष्ठ
सन्तोष भट्ट
किशोर महत्तो
राशिद खान
शाहब आलम
पुस्प थापा
भुपेन्द्र थापा
संजय श्रेष्ठ
संजय बस्नेत
जयकिसन कोल्सावाला (भारत‌)
सन्नी पटेल (भारत)

टिम चौराह धनगढीका खेलाडीहरु 
सोमपाल कामी
राजेश पुलामी
सुनिल धमला
राजु रिजाल
आशु कन्दोई
विजय राना
योगेन्द्रसिंह कार्की
ललितसिह भण्डारी
सोनु तामाङ
शंकर राना
रविन्द्रजंग साही
सम्साद शेख
महेश अधिकारी

रोहन मुस्तफा
पुनित मिश्रा

Logo