काठमाडौं । नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
भारतीय आईस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिङ महासंघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघसँगको सहकर्यमा हुन लागेको शर्ट ट्रयाक स्पीड आईस स्केटिङ प्रतियोगितामा दुई महिला तथा चार पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगिता आगामी पुष १२ गते देखि १४ गते सम्म भारतको देहेरादुनस्थित माहाराना प्रताप स्पोर्टस कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंक सेन्टरमा आयोजना हुने संघका महासचिव सत्य थापाले जानकारी दिए ।

प्रतियोगितामा नेपालबाट सिनिअर पुरुषतर्फको १ हजार मिटरमा रमेश मोक्तान र अरुण खत्वे सहभागी हुनेछन् भने जुनिअर महिलातर्फको ५ सय मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनिअर २ सय ५० मिटरमा जेभिअर जंग थापा र सायोन अर्यालले भाग लिने निश्चित भएको छ ।
आज नेपाली टिमलाई बिदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष्य जीवनराम श्रेष्ठले आईस स्केटिङ नेपालका लागि भूगोल सुहाउँदो खेल भएकोले यसबाट टोलीले पदक जित्ने विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया