काठमाडौं। राष्ट्रिय महिला भलिबलको चर्चित ‘नवौं शेरबहादुर खड्का स्मृति प्रतियोगिता’ पुस २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा विभागीय र क्लब गरी पाँच टोलीको सहभागिता रहनेछ।
पुलिस, आर्मी र एपीएफसँगै न्यु डायमन्ड र एभरेष्ट भलिबल क्लब उपाधिका लागि भिड्नेछन्। केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १३ लाख रुपैयाँ पुरस्कार राशि राखिएको छ, जसमा विजेताले ५ लाख रुपैयाँ हात पार्नेछन्।
लिग कम नकआउटका आधारमा हुने खेलमा उत्कृष्ट खेलाडी र ‘प्लेयर अफ द म्याच’ लाई नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकले सबै खेलाडी तथा प्राविधिक टोलीका सदस्यको बीमा गरिएको जनाएको छ।































प्रतिक्रिया