आइपिएल क्रिकेट आजबाट सुरु, बिश्वभर लाइभ हेर्न सकिने

आइपिएल क्रिकेट आजबाट सुरु, बिश्वभर लाइभ हेर्न सकिने

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण आज शनिबारबाट सुरु हुँदैछ । संस्करणको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ ।

मुम्बइको वान्खडे स्टेडियममा हुने खेलमा आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स पनि यसपटक प्रतियोगितामा सहभागी भएको छ । मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । 

यस पटकको आईपिएलमा नेपाली खेलडी सन्दिप लामिछाने पनि अनुबन्धित भएका छन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।

बिश्वको जुनसुकै कुनामा रहेर पनि आईपीएल लाइभ हेर्न सकिन्छ । भारत, नेपाल , श्रीलंका, माल्दिभ्स, र भुटानमा आईपीएलको प्रत्यक्ष प्रसारण ६ वटा फरक भाषामा हेर्न सकिन्छ ।  यी देशहरुमा स्टार स्पोर्ट्सले टिभीमा र हटस्टारले यसको लाइभ स्ट्रिमिंग गर्ने छ ।

Skip This
Logo