नयाँ खेलकुद मन्त्रीको पुरानो कार्ययोजना (भिडियोमा)

नयाँ खेलकुद मन्त्रीको पुरानो कार्ययोजना (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुद मन्त्रालयले सय दिने कार्ययोजना सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेको हो । जनताप्रति जवाफदेही हुनेगरी काम गर्न सय दिनमा गर्ने प्रमुख कार्यहरु समेटिएको योजना सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । उनले मुलुकलाई समृद्ध बनाउने सरकारको प्रतिवद्धता पूरा गर्न कार्ययोजना सार्वजनिक गर्नु परेको वताए ।

कार्ययोजनामा काठमाडौं उपत्यका भित्र अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने योजना अघि सारिएको छ । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि गाउँ तहदेखिनै पूर्वाधार निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी मूलपानी क्रिकेट मैदान निर्माण कार्य पुरा गर्ने योजना पनि अघि सारिएको छ । मैदान निर्माणका लागि जग्गासम्बन्धि देखिएको विवाद तत्काल समाधान गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ । त्यसैगरी दशरथ रंगशाला परिसरमै खेलकुद अस्पतालको निर्माण कार्य सुरु गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । मन्त्रालयले १०० दिन भित्र सबै प्रदेशमा रंगशाला निर्माण कार्य सुरु गर्ने योजना पनि तय गरेको छ ।

मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद नीतिको आवश्यक परिमार्जन गर्ने, १२ वर्षे खेलकुद गुरु योजनाको मस्यौदा तयार पार्ने, पोखरा, तुलसीपुर र इटहरीलाई खेलकुद सहरको रुपमा विकास गर्नका लागि आवश्यक सम्भावता अध्ययनको काम सम्पन्न गर्ने पनि बताए । त्यसै गरी मन्त्रालयले १३ औ दक्षिण एशीयाली खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई दु्रत गतिमा अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ । मन्त्री विश्वकर्माले मन्त्रालयको जिम्मेवारी लिएको जेठ १३ गते १०० दिन हुँदैछ । सोही समय भित्र गर्ने प्रमुख कामहरुको योजना शुक्रबार सार्वजनिक गरिएको हो ।

मन्त्री विश्वकर्माले ती कार्ययोजना अनुसारको कामहरुको प्रगति विवरण जेठ १७ गते सार्वजनिक गर्ने घोषणा पनि गरे । मन्त्रीका यी घोषणा परम्परागत र पूर्ववर्ती खेलकुद मन्त्रीहरुकै फोटोकपी भएको आम खेलकर्मीको विश्लेषण रहेको छ ।

Skip This
Logo