धनगढी, चैत २३ ।  धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट अन्तर्गत आज भएको खेलमा  काठमाडौं गोल्डेन्स विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरको छ । "/>

डिपीएल क्रिकेट: विराटनगरलाई हराउँदै काठमाडौं गोल्डेन्स प्ले अफमा प्रवेश

डिपीएल क्रिकेट: विराटनगरलाई हराउँदै काठमाडौं गोल्डेन्स प्ले अफमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

धनगढी, चैत २३ । धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट अन्तर्गत आज भएको खेलमा  काठमाडौं गोल्डेन्स विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरको छ । यो जितसंगै काठमाडौँ प्ले अफमा प्रवेश गरेको छ ।

लगातार चौथो जितका साथ प्रतियोगिताको प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन जोड्यो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले ६७ रन जोडे । यसैगरी दिलिप नाथले ३३ रनको योगदान दिए । बलिङतर्फ काठमाडौंका ललित राजवंशीले ३ विकेट लिए ।

जवाफमा १६५ रनको विजयी लक्ष्य काठमाडौंले ५ विकेट गुमाउँदै खेलको अन्तिम बलमा पुरा ग¥यो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन जोड्दा भूपेन्द्र थापाले ३६ रनको योगदान दिए । विराटनगरका बसन्त रेग्मीले २ विकेट झारे । यो जितसँगै काठमाडौं गोल्डेन्सले प्रतियोगिताको ४ खेलबाट ८ अंक जोडेको छ । पराजित भएको विराटनगरको भने ४ खेलबाट ४ अंक मात्रै छ ।

Skip This
Logo