काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको आजको खेलमा नेपाल २-० गोलले पराजित भएको हो ।
पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारे पनि नतिजा बंगलादेशलाई सुम्पन पुग्यो । पहिलो हाफमा नेपाल १-० ले पछि परेको थियो ।
दोस्रो हाफको सुरुवातमा लयमा फर्कने सम्भावना देखाए पनि काउन्टर अट्याकमा गोल खाएपछि नेपालले हार बेहोर्न बाध्य भएको थियो । यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।





























प्रतिक्रिया