एनभीए भलिबल च्याम्पियनसिप : आज पुरुष–महिला सेमिफाइनल, फाइनल शनिबार

एनभीए भलिबल च्याम्पियनसिप : आज पुरुष–महिला सेमिफाइनल, फाइनल शनिबार

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। नवौं संस्करणको एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत आज पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आयोजना हुँदैछन्। प्रतियोगिताका निर्णायक चरणका खेलहरू काठमाडौंमा हुनेछन्।

महिलातर्फको पहिलो सेमिफाइनल खेल बिहान ९ बजे सुरु हुनेछ, जहाँ समूह ‘ए’ की विजेता न्यु डायमन्ड क्लब र समूह ‘बी’ की उपविजेता एपीएफ क्लब आमनेसामने हुनेछन्। दोस्रो सेमिफाइनलमा समूह ‘ए’ की उपविजेता त्रिभुवन आर्मी क्लब र समूह ‘बी’ की विजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो १२ बजे तय गरिएको छ।

पुरुषतर्फको पहिलो सेमिफाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ। यस खेलमा हेल्प नेपाल स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन्। दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुनेछ।

सेमिफाइनल चरणमा स्थान बनाएका चार टोलीसँगै समूह चरणमा तेस्रो स्थान हासिल गरेका एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् आगामी १०औं प्रधानमन्त्री कप एनभीए भलिबल लिगका लागि छनोट भएका छन्।

दुवैतर्फका विजेताहरूबीचको फाइनल खेल शनिबार आयोजना हुनेछ। प्रतियोगिताले नेपाली भलिबलको प्रतिस्पर्धात्मक स्तर झल्काएको खेलप्रेमीहरूले बताएका छन्।

Logo