शेरबहादुर तथा सन्तोषकुमारी कप प्रतियोगिताको उपाधि डाँगीहाट भाउनेलाई

शेरबहादुर तथा सन्तोषकुमारी कप प्रतियोगिताको उपाधि डाँगीहाट भाउनेलाई

केन्द्रबिन्दु
24
Shares

पथरी। डाँगीहाट फुटवल क्लब भाउन्नेले बेलबारी ११ मा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको उपाधि चुमेको छ । डाँगीहाट फुटबल क्लब भाउन्ने आज भएको फाइनल खेलमा तालतलया ब्वाईज फुटबल क्लब इटहरीलाई १–० गोलले हराउँदै उपाधि चुमेको हो ।

डाँगीहाट फुटबल क्लब भाउन्नेका लागि एक मात्र निर्णायक गोल मौसम लिम्बूले गरेका हुन् । लिम्बूले खेलको १८औँ मिनेटमा कर्नर एरियाबाट अरुण राईले निकालेको पासमा गोल गर्दै अग्रता लिएका थिए । डाँगीहाटलाई उपाधि दिलाउन पहिलो हाफमा भएको एक गोल नै काफी भयो । खेलको म्यान अफ दि म्याच निर्णायक गोल कर्ता मौसम लिम्बू घोषित हुँदै नगद रु दुई हजार पाँच सय प्राप्त गरे ।

विजेता डाँगीहाट फुटबल क्लब भाउन्नेले उपाधिका साथ नगद एक लाख एक हजार एक सय एघार प्राप्त ग¥र्यो भने उपविजेता बनेको तालतलया ब्वाइज फुटबल क्लब इटहरीले रु ५१ हजार एक सय ११ का साथ मेडल ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा विधागत तर्फ डाँगीहाटका असिम राई वेष्ट गोलकिपर, अरुण लिम्बू हाई स्कोर हुँदा तालतलयाका रोशन आचार्य वेष्ट डिफ्रेन, उगेन राई वेष्ट स्टाईकर, सलिन जिमी वेष्ट मिडफिल्डर घोषित हँुदै नगद तीन÷तीन हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डाँगीहाटका सविन राई घोषित हँुदै नगद रु पाँच हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि निर्वतमान सांसद सुनिल शर्मा तथा विशिष्ट अतिथि प्रदेश सांसद मानबहादुर लिम्बूले पुरस्कृत प्रदान गरे । प्रतियोगिता सङ्गम स्पोर्टिङ क्लबको बेलबारी ११ को आयोजनामा भएको हो । प्रतियोगिता बेलबारीका समाजसेवी शेरबहादुर घले, राई दम्पती सन्तोष राई र कुमारी राईको सम्झनामा सम्पन्न भएको हो ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, उत्कृष्ट फर्वार्ड, राइजिङ प्लेयर, सर्वाधिक गोलकर्ताको पुरस्कार बेलबारी–११ निवासी हीराकुमारी श्रेष्ठ प्रदान गरिन् । प्रतियोगितामा इन्ट्रा पथरी ११, धरान सिटी धरान, आयोजक सङ्गम स्पोटिङ क्लब बेलबारी, तालतलैया फुटवल क्लब इटहरी, ध्रुव तारा स्पोटिङ क्लब दमक, डाँगीहाट फुटबल क्लब बेलबारी, मोतिराम स्पोटिङ क्लब विराटनगर र एमएफसि इलामसहित आठ टिम सहभागी रहेका थिए ।

Skip This
Skip This
Logo