काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुन लागेको २०२६ आईसीसी पुरुष टी-२० विश्वकपका लागि १५ सदस्यीय अन्तिम नेपाली टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको यस टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलन मिलाइएको छ । टोलीमा एनपीएलमा चम्किएका शेर मल्लले स्थान बनाएका छन् ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजबंशी, शेर मल्ल, र लोकेश बम।
नेपाल यस पटकको विश्वकपमा समुह ‘सी’ मा रहेको छ। नेपालले आफ्ना सबै समूह चरणका खेलहरू मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा खेल्नेछ।





























प्रतिक्रिया