चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपालको बहुप्रतिक्षित कार्यक्रम एक्प्लोर द ट्रयाक अन्तर्गतको सन् २०२६ को पहिलो कार्यक्रम आज देखि मद्रास इन्टरनेशनल रेसिङ् सर्किटमा शुरू भएको छ ।

मद्रास मोटर स्पोट्र्स क्लव को विश्व स्तरीय रेसिङ् सर्किटमा आफ्नो शिप सृजना बहादुरी देखाउन एक दर्जन नेपाली राइडर बिहिबार साँझ चेन्नई पुगेका छन् । नेपाल रोड रेसिङ् च्याम्पियनशिपका विजेता तथा उत्कृष्ट ११ राइडर र दुई अफिसियल सहितको टोलिको व्यवस्थापन मोटर स्पोट्र्स नेपाल क्लबले गरिरहेको छ ।

सन् १९५२ मा दक्षिण भारतको मद्रास (हालको चेन्नई) सहरमा स्थापना गरिएको मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) को रेसिङ ट्रयाकमा शूरु भएको एमएमएससी नेपाल टीभीएस रेसिङ रेस नामको इभेण्ट अन्तर्गत शुक्रबार ओरिन्टेशनको कार्यक्रम रहेको छ भने शनिबार प्राक्टिस तथा आईतबार फाइनल रेस आयोजना ।

डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ् च्याम्पियनशिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरुको सहभागीता रहेको टोलिलाई इन्टरनेशनल मोटरसाइकल फेडेरेसन (एफआईएम) र मद्रास मोटर स्पोट्र्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।

राइडरहरु श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाई, अभिनव राज मल्ल जस्ता नेशनल र नोभिस क्याटागोरीका विजेता हरु यस टीम मा रहेका छन् । त्यस्तै, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल समेत गरी ११ राइडर तथा मोटर स्पोट्र्स नेपाल क्लबका निर्देशक विनोद तण्डुकार टिम मेनेजर र बागमति प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियल को रुपमा रहेकी छिन् ।

जहाँ नेपाली राइडरहरुले रेसिङ् र सुरक्षा सम्बन्धी स्किल, नलेजÞ र प्राक्टिस सँगै प्रतिस्पर्धामा समेत आफूलाई उतार्नेछन् । जसको नतिजा आईतबार सार्वजनिक हुनेछ ।

केही वर्ष अघिबाट शुरू गरिएको एक्प्लोर द ट्रयाक कार्यक्रमलाई अन्तर्राष्ट्रिय महासंघहरुबाट उच्च प्रशंसा गरिएको छ जसले प्रोपर ट्रयाक नभएको अवस्थामा समेत नेपाली खेलाडीको क्षमता र आत्मविश्वास वृद्धिमा सहयोग पुर्याई रहेको देखिन्छ ।

यही पुष १० गते चितवनमा सम्पन्न नासा नेपालको एघारौँ साधारणसभाले समेत एक्प्लोर द ट्रयाक अन्तर्गत यस वर्ष ३ टिम लाई विश्वस्तरीय ट्रयाकमा सहभागी गराउने योजना पास गरेको छ ।

भारतीय मोटर स्पोट्र्स फेडेरेसन एफएाएससीआईकोे नेशनल मोटरसाइकल रेसिङ् च्याम्पियनशिप अन्तर्गत जनवरी ८ देखि ११ सम्म होण्डा इंडिया ट्यालेन्ट कप, पेट्रोनास टिभीएस इन्डिया वान मेक च्याम्पियनशिप कै दौरान एमएमएससी नेपाल टीभीएस रेसिङ रेस समेत आयोजना भइरहेको छ ।

नेपालमा अन्र्तराष्ट्रिय मापदण्ड अनुरुपको रेसिङ नभएको हुँदा चेन्नईको भईरहेको यस ईभेन्टलाई नासा नेपालले राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको छ ।

गत अक्टोबर ९ तारिखमा थाइल्याण्डको चिङ्गमाइमा सम्पन्न एफआईए एशिया प्यासीफिक कङ्ग्रेसका दौरान फेडेरेसन अफ मोटर स्पोट्र्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) का बोर्ड सदस्य तथा मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) का निर्देशक विक्की चान्धोक र नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली राईडरहरुको लागि चेन्नईमा रेसिङ सम्बन्धि सहमती गरेका थिए ।

Logo