काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत आज नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ । याे नेपालकाे पहिलाे जित हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बावेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा पूजा महतो नायक बनिन् । उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अविजित इनिङ खेलिन् । पूजाले अन्तिम समयसम्म टिकेर नेपाललाई जितको ढोका खोलिन् ।
त्यस्तै कप्तान इन्दु बर्माले २३ बलमा २२ रन र बिन्दु रावलले १५ रनको योगदान दिए । अनुभवी खेलाडी सीता राना मगर ११ रनमा रिटायर्ड हर्ट भए पनि नेपालले संयमित ब्याटिङ गर्दै ३ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई निर्धारित २० ओभरमा १२९ रनमा रोकेको थियो । जिम्बावेका लागि केलीस एनध्लोभुले ५२ रनको योगदान दिइन् ।
नेपालका लागि बलिङतर्फ रिया शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिइन् ।पूजा महतोले ४ ओभरमा मात्र २१ रन खर्चेर १ महत्वपूर्ण विकेट लिइन् ।
सुरुवाती दुई खेलमा हार व्यहोरेको नेपालका लागि जिम्बावे विरुद्धको यो जितले सुपर सिक्सको सम्भावनालाई जीवित राखेको छ । नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।





























प्रतिक्रिया