यूएईले नेपाललाई दियो १४६ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १४६ रनको लक्ष्य

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । टि-२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले मध्यम लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा टस जितेर नेपालले बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन जोडेको हो ।

युएईका लागि मध्यक्रमका ब्याटरहरूले सम्हालिएको प्रदर्शन गरे। आठौं नम्बरमा मैदान छिरेका सोहैब खानले आक्रामक ब्याटिङ गर्दै २७ बलमा अविजित ३८ रन जोडे। उनलाई हर्षित कौशिकले बलियो साथ दिए, जसले २४ बलमा ३५ रनको महत्वपूर्ण योगदान दिए। यी दुईबीच भएको साझेदारीले सुरुवाती झड्का व्यहोरेको युएईलाई सम्मानजनक स्कोरसम्म पुर्‍यायो।

ओपनर अर्याश शर्माले १७ बलमा २५ रन बनाए पनि कप्तान मोहम्मद वसीम ६ रनमै पेभिलियन फर्किए । युएईका अन्य ब्याटरहरू मोहम्मद जोहेबले १९ र अलीशान शराफुले १२ रन बनाए।

नेपाली बलरहरूले कसिलो बलिङ गर्दै युएईलाई दबाबमा राखेका थिए। नेपालका लागि स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै २ विकेट लिए। त्यस्तै, तीव्र गतिका बलर करण केसीले पनि २ विकेट हात पारे भने दीपेन्द्र सिंह ऐरीले एक विकेट लिनुका साथै एक रनआउट गराउन सफल भए।

Logo