काठमाडौं । आइसिसी पुरुष टी२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण विकेट लिएका छन् ।
भारतस्थित मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि खेलेका अर्धशतक प्रहार गरिसकेका ज्याकोब बेथवेललाई ऐरीले आउट गरेका हुन् । उनले २५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाएका थिए । यो नेपालको चौथो विकेट हो । १३ ओभरको खेल सकिँदा इंग्ल्याण्डले १२८ रन जोडिसकेको छ ।































प्रतिक्रिया