काठमाडौं । आइसिसी पुरुष टी२० विश्वकप क्रिकेटमा नेपालविरुद्ध इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अर्धशतक प्रहार गरेका छन् ।
भारतस्थित मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि उनले ३१ बलमा ४ चौका र ३ छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । ५३ रन बनाएका उनलाई लगत्तै नन्दन यादवले क्याच आउट गराएका छन् । हाल इंग्ल्याण्डले १८ ओभरमा ६ विकेट गुमाएर १५७ रन जोडिसकेको छ ।
यसअघि ज्याकोब बेगवेलले अर्धशतक प्रहार गरेका थिए । २५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाएका उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।





























प्रतिक्रिया