काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज भइरहेको रोमाञ्चक भिडन्तमा बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्ड विरुद्ध नेपालले आफ्नो १०० रन पूरा गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले १२ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १०१ रन जोडेको हाे ।
नेपालले १२औं ओभरमा टिमको १०० रन पूरा गर्दै जितको आशा जीवितै राखेको छ।
कप्तान रोहित पौडेल (२८ रन) र दीपेन्द्र सिंह ऐरी (३२ रन) ले अर्धशतकीय साझेदारी गर्दै इनिङ्स सम्हालेका छन्।
प्रारम्भिक ब्याटर कुशल भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २९ रनको आक्रामक इनिङ्स खेलेर टोलीलाई राम्रो आधार दिएका थिए। अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भएका थिए।
नेपाललाई अब जितका लागि अन्तिम ८ ओभरमा ८४ रन आवश्यक छ। हाल नेपालको रन रेट ८.४२ छ भने जितका लागि प्रतिओभर १०.५ को औसतमा रन बनाउनुपर्ने देखिन्छ।
वानखेडेको ब्याटिङ मैत्री पिचमा सेट भएका ब्याटरहरू क्रिजमा रहेकाले नेपाली समर्थकहरू एक ऐतिहासिक जितको पर्खाइमा छन्।





























प्रतिक्रिया