काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज भएको पहिलो खेलमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानले दोस्रो सुपर ओभरमा जित दर्ता गरेको हो । पहिलो सुपर ओभरमा दुवै टोलीले १७ रन बनाएका थिए ।
तर दोस्रो सुपरमा दक्षिण अफ्रिकाले २३ रन बनायो । जवाफी लक्ष्य पछ्याएको अफगानिस्तान १९ रनमै समेटियो ।
दक्षिण अफ्रिका हालसम्म अफगानिस्तानमाथि हाबी नै भइरहेको छ । यसअघि २०१०, २०१६ र २०२४ मा खेलेका तीनै विश्वकपका खेलमा पनि दक्षिण अफ्रिका विजयी भएको थियो । अफगानिस्तानले हालसम्म हराउन सकेको छैन ।
यो हारसँगै अफगानिस्तानको सुपर ८ को यात्रा निकै कठिन बनेको छ । अघिल्लो खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो ।
यसअघि अत्यन्तै रोमाञ्चक भएकाे खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १८७ रन बनाएपछि खेल ‘टाई’ भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८७ रनको सम्मानजनक योगफल तयार पारेको थियो। टोलीका लागि रायन रिकलटनले विष्फोटक ब्याटिङ गर्दै मात्र २८ बलमा ६१ रन जोडे। त्यस्तै, ओपनिङ ब्याटर क्विन्टन डि ककले ४१ बलमा ५९ रनको महत्वपूर्ण योगदान दिए।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले घातक बलिङ गर्दै ३ विकेट लिए भने राशिद खानले २ विकेट झार्न सफल भए।
१८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले अन्तिम ओभरसम्म कडा टक्कर दिएको थियो। अफगानिस्तानलाई अन्तिम केही ओभरमा जितका लागि प्रति ओभर ११ रनभन्दा बढी चाहिएको थियो। आक्रामक ब्याटिङका कारण एक समय अफगानिस्तानको जित्ने सम्भावना ९० प्रतिशतसम्म पुगेको थियो।
तर, अन्तिम ओभरको चौथो बलमा अन्तिम विकेट खसेपछि अफगानिस्तान १८७ रनमै अलआउट हुन पुग्यो। नतिजास्वरूप, खेल बराबरीमा टुङ्गियो र फैसला सुपर ओभरमा धकेलिएकाे थियाे । अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले विस्फोटक ब्याटिङ गर्दै मात्र ४२ बलमा ८४ रन बनाए। उनको इनिङ्समा ७ वटा छक्का र ४ वटा चौका समावेश थिए। कप्तान राशिद खानले २० रन र अजमतुल्लाह ओमरजाईले २२ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ ओभरमा २६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। केशव महाराज, कागिसो रबाडा, मार्को जानसेन र जर्ज लिन्डेले समान १-१ विकेट हात पारे। खेलको अन्तिम समयमा अफगानिस्तानका ब्याट्सम्यानहरू रन आउट हुनु नै दक्षिण अफ्रिकाका लागि खेलमा फर्कने मुख्य टर्निङ पोइन्ट बन्यो।































प्रतिक्रिया