काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा नेपाल इटालीको कसिलो बलिङसामु अलआउट भएकाे छ । मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा जारी टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र जोड्न सक्याे ।
आज नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल मात्र ५ रनमा आउट भए। मध्यक्रममा कप्तान रोहित पौडेलले २३ रन (१४ बल) र आसिफ शेखले २० रन (२० बल) बनाएर टिमलाई सम्हाल्ने प्रयास गरे पनि ठूलो साझेदारी बन्न सकेन। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान दिए।





























प्रतिक्रिया