वेस्ट इन्डिजसँग हारेको नेपाल समूहचरणबाटै बाहिरियो, सुपर ८ को सपना अधुरै

वेस्ट इन्डिजसँग हारेको नेपाल समूहचरणबाटै बाहिरियो, सुपर ८ को सपना अधुरै

वेस्ट इन्डिज सुपर ८मा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल आईसीसी पुरुष टी२० विश्वकप २०२६ को समूहचरणबाटै बाहिरिएको छ । समूह सीअन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा आज भएको आफ्नो तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएसँगै सुपर ८ को सम्भावना अन्त्य भएको हो ।

यसअघिका दुई विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोली यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो । तर समूहचरणकै खेलमा लगातार तेस्रो हार व्यहोर्न पुगेको हो ।

पहिलो खेलमा विश्वका उत्कृष्ट खेलाडीहरूको जमघट रहेको इंग्लिस टोलीलाई नेपालले अन्तिम बलसम्मै दबाबमा राखेता पनि अन्तिम ओभरमा ४ रनले चुकेको थियो भने त्यसपछि दोस्रो खेलमा विश्वकप डेब्यू गरिरहेको इटालीले नेपाललाई १० विकेटले हराएको थियो ।

आज नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात निकै खराब रह्यो। सुरुवाती ७ ओभरभित्रै नेपालले मात्र २३ रनमा ४ महत्वपूर्ण विकेट गुमाएको थियो। कप्तान रोहित पौडेल ५ रन, कुशल भुर्तेल १ रन र आसिफ शेख ११ रन सस्तैमा समेटिएपछि नेपाल संकटमा परेको थियो।

मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ४७ बलमा ५८ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ खेले। उनलाई अन्त्यमा सोमपाल कामीले १५ बलमा २६ रन जोड्दै साथ दिएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनको सम्मानजनक योगफल तयार गरेको थियो।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए।

यता १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले मात्र १५.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। ओपनर ब्राण्डन किंग २२ रनमा आउट भए पनि कप्तान शाही होप र शिम्रन हेटमायरले दोस्रो विकेटका लागि अविजित ९१ रनको साझेदारी गरे। कप्तान शाई होपले ३९ बलमा ६१ रन र शिम्रन हेटमायरले २६ बलमा ४६ रन जाेडे ।

नेपालका बलरहरू आज लयमा देखिएनन्। सन्दीप लामिछानेले ३ ओभरमा ३८ रन खर्चे भने नन्दन यादवले १ विकेट लिन सफल भए। म्याथ्यू फोर्डले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चिएका थिए।

Skip This
Skip This
Logo