फरहानको शतकमा पाकिस्तानले नामिबियालाई दियो २०० रनको लक्ष्य

फरहानको शतकमा पाकिस्तानले नामिबियालाई दियो २०० रनको लक्ष्य

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । ओपनर शाहीबजादा फरहानकाे शतकमा पाकिस्तानले आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत नामिबियासामु विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कोलम्बोको सिंहली स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १९९ रन बनाएकाे हाे । पाकिस्तानको इनिङ्सको मुख्य आकर्षण ओपनर शाहीबजादा फरहान रहे। उनले आक्रामक ब्याटिङ गर्दै मात्र ५८ बलमा १०० रन बनाउँदै आफ्नो शतक पूरा गरे। उनको यो सानदार पारीमा ११ चौका र ४ छक्का सामेल थिए। फरहान खेलको अन्त्यसम्म अविजित रहे।

कप्तान सलमान अली आगाले पनि उत्कृष्ट ब्याटिङ गर्दै २३ बलमा ३८ रनको योगदान दिए। उनले फरहानसँग मिलेर इनिङ्सलाई अगाडि बढाएका थिए। त्यस्तै, अन्तिम ओभरहरूमा शादाब खानले विस्फोटक ब्याटिङ गर्दै मात्र २२ बलमा ३६ रन जोडेपछि पाकिस्तानले बलियो योगफल तयार पारेको हो।

यता नामिबियाका बलरहरू पाकिस्तानी ब्याटरसामु निरीह देखिए। ज्याक ब्रासेलले २ विकेट लिए पनि ४ ओभरमा ४८ रन खर्चिए। कप्तान गेरहार्ड इरास्मसले १ विकेट लिए।

Logo