नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान विश्वकपको सुपर ८ मा

नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान विश्वकपको सुपर ८ मा

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकपमा पाकिस्तानले नामिबियामाथि १०२ रनको फराकिलो जित दर्ता गरेको छ। कोलम्बोस्थित एसएससी क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको २०० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नामिबिया १७.३ ओभरमा मात्र ९७ रनमा समेटिएकाे हाे ।

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले उत्कृष्ट ब्याटिङ गर्दै अविजित १०० रन बनाए । उनले मात्र ५८ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो शतकीय पारी पूरा गरे। कप्तान सलमान आगाले ३८ रन र शादाब खानले अविजित ३६ रनको योगदान दिएपछि पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९९ रनको योगफल तयार पारेको थियो।

नामिबियाका बलर ज्याक ब्रासेलले २ विकेट लिए पनि पाकिस्तानी ब्याट्सम्यानहरूलाई रोक्न कठिन भएको थियो।

२०० रनको लक्ष्य पछ्याएको नामिबिया सुरुदेखि नै दबाबमा देखियो। नामिबियाका लागि लोरेन स्टेन्काम्पले सर्वाधिक २३ रन र अलेक्जेन्डर बुसिङ-भोल्स्चेन्कले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा उल्लेख्य रन जोड्न सकेनन्।

पाकिस्तानका बलर उस्मान तारिकले घातक बलिङ गर्दै मात्र १६ रन खर्चेर ४ विकेट लिए। उनलाई साथ दिँदै शादाब खानले ३ विकेट र मोहम्मद नवाज, सलमान मिर्जाले १-१ विकेट झारे।

यस जितसँगै पाकिस्तान विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । यसअघि धर्मराएको पाकिस्तानले ४ खेलबाट अब ६ अंक जोडेको छ । ४ अंक भएको अमेरिकाका सबै खेल सकिएका छन् । अन्य टोली पछि छन् । समान अंक भएको भारतले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

Logo