काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर-८ अन्तर्गत घरेलु टोली श्रीलंकाले इङ्गल्याण्डलाई १४७ रनको मध्यम लक्ष्य दिएको छ ।
पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ रोजेको श्रीलंकाले इङ्गल्याण्डलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रनमा रोक्न सफल भएकाे हाे । ओपनर फिल साल्टले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ६२ रन जोडे पनि अन्य ब्याटरहरूले उनलाई साथ दिन सकेनन्।
कप्तान ह्यारी ब्रुकले १४ रन बनाउँदा जोस बटलर सस्तैमा समेटिए। मध्यक्रमका ब्याटर साम करन र लियाम डसनले खासै प्रभाव पार्न सकेनन्। अन्त्यमा विल ज्याक्सले १४ बलमा २१ रन जोडेर स्कोरलाई केही सम्मानजनक स्थितिमा पुर्याए।
श्रीलंकाका युवा स्पिनर दुनिथ वेलालागेले इङ्गल्याण्डको मध्यक्रमलाई ध्वस्त पारे। उनले ४ ओभरमा मात्र २६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनलाई महिश थिक्षणाले २१ रन दिएर २ विकेट लिँदै राम्रो साथ दिए। तीव्र गतिका बलर दिलशान मदुशंकाले पनि २ विकेट हात पारे।





























प्रतिक्रिया