काठडमाडौं ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि नेपाल र युएईको खेल सुरु भएको छ । "/>

डिभिजन–२ः नेपाल र युएईको उपाधि भिडन्त सुरु [Live Score]

डिभिजन–२ः नेपाल र युएईको उपाधि भिडन्त सुरु [Live Score]

केन्द्रबिन्दु
0
Shares

काठडमाडौं ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि नेपाल र युएईको खेल सुरु भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नामिबियाको वन्डरर्स मैदानमा नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

३४ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १ सय १४ रन जोडेको थियो। कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो।

समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बनेको हो।

तेस्रो स्थानका लागि नामिबिया र क्यानडाबीच तथा पाँचौ स्थानका लागि ओमान र केन्याले भिडन्त गर्दैछन्।

Logo