डिभिजन २ः नेपाललाई १ सय ९५ रनको लक्ष्य

डिभिजन २ः नेपाललाई १ सय ९५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र क्यानाडाबीचको खेल जारी रहेको छ ।

नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको नेपालले १ सय ९५ रनको लक्ष्य पाएको छ ।

पुरै ५० ओभर बलिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा १९४ सय रन बनायो । क्यानडाका ओपनर व्याट्सम्यान श्रीमन्थ विजेरत्नेले एक सय ५२ बलमा आठ चौकाको मद्धतसर्वाधिक १ सय ३ रन बनाए । त्यस्तै हम्जा टारिकले २४, शाद बिन जफरले १० रन बनाए ।

नेपालका लागी बसन्त रेग्मीले ३, सन्दिप लामिछानेले २ र करन केसी र शरद भेश्वाकरले १—१ विकेट लिए ।

नेपालले केही समयपछि जवाफी व्याटिङ थाल्नेछ । खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ।

यसअघि तीन वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो। त्यस्तै सन् २०१४ को विश्वकप छनोटमा नेपाललाई क्यानडाले १२ रनले हराएको थियो।

Logo