काठमाडौँ
विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आज भएको खेलमा नामिबियाले केन्या माथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । "/>

विश्वकप छनोटका लागि नेपालले बुधबारको खेल जित्नै पर्ने (अंक तालिका सहित)

विश्वकप छनोटका लागि नेपालले बुधबारको खेल जित्नै पर्ने (अंक तालिका सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आज भएको खेलमा नामिबियाले केन्या माथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ ।

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्र्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिले सम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टु बाट थ्री मा घटुवा भर्इसकेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ । पहिलो खेलमा नामिबिया माथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो ।
भोलि नेपालले क्यानडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो । अहिले सम्मको अंक तालिका यस प्रकार छ :

देश           म्याच    जित    हार    बराबरी  अंक    रनरेट 
क्यानडा       ४        ३        १      ०        ६      १.११६ 
नामिबिया     ४        ३        १      ०        ६      ०.७८७ 
नेपाल         ४        ३         १     ०        ६      –०.१५८ 
युएइ          ४         २        २     ०        ४       १.२२१ 
ओमान       ४         १        ३      ०        २       –०.६२९ 
केन्या         ४        ०         ४     ०        ०         –२.१९८ 

रासस

 

Logo