आजबाट च्याम्पियन्स लिगका नकआउट चरणका खेलहरु शुरु हुदैछन् ।

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका नकआउट चरणका खेलहरु आज मध्यराती बाट शुरु हुन लागेका हुन् । "/>

च्याम्पियन्स लिगका खेलहरु आजबाट

च्याम्पियन्स लिगका खेलहरु आजबाट

केन्द्रबिन्दु
0
Shares

आजबाट च्याम्पियन्स लिगका नकआउट चरणका खेलहरु शुरु हुदैछन् ।

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका नकआउट चरणका खेलहरु आज मध्यराती बाट शुरु हुन लागेका हुन् । अन्तिम सोह्र अन्तर्गत आजराती इङलिस टोली म्यानचेष्टर सिटीले स्विस टोली बासेलको सामना गर्दैछ । त्यस्तै अर्को इङलिस टोली टोटेनहम हटस्पर्श ईटालीयन जायन्ट क्लब युभेन्टससंगभिंड्दैछ ।

च्याम्पियन्स लिगकै इतिहासमा पहिलो पटक अन्तिम सोह्रमा इङल्याण्डका ५ वटा टोली पुग्न सफल भएका हुन् । भोली राती लिभरपुलले पोर्चुगलको पोर्तोको सामना गर्दा अर्को साता चेल्सि बार्सिलोनासंग र म्यानचेष्टर युनाइटेड सेभियासंग भिंड्दैछन् । बार्सिलोना र सेभिया दुबै स्पेनिस क्लब हुन् ।

यस्तै, अन्तिम सोह्रको सबैभन्दा रोमाञ्चक खेल अन्तर्गत भोली राती डिफेण्डिङ च्याम्पियन रियल मड्रिड फ्रेन्च जायन्ट क्लब पीएसजीसंग भिंड्दैछ । स्टार खेलाडिहरुको जमघट रहेको दुबै टोलीविचको खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ ।

त्यस्तै, अन्तिम सोह्रका अन्य खेलमा अर्कोसाता जर्मन च्याम्पियन बार्यन म्यूनिख टर्कीको बेसिक्ताससंग खेल्दैछ भने ईटालीको रोमा युक्रेनको साख्तार डोनेक्ट्ससंग भिंड्दैछ । च्याम्पियन्स लिगको फाइनल खेल मे महिनामा युक्रेनको राजधानी केइभमा हुनेछ ।

Logo