काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भइरहेको रोमाञ्चक खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । एक समय धराशायी बनेको वेस्ट इन्डिजको इनिङ्सलाई तल्लो क्रमका ब्याटरहरूले अविश्वसनीय ढंगले उकासेका हुन्।
मध्यक्रमको पतन र ऐतिहासिक पुनरागमन टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको वेस्ट इन्डिजको सुरुवात बिर्सनलायक रह्यो। दक्षिण अफ्रिकी बलरहरूको धारिलो बलिङका सामु वेस्ट इन्डिजले मात्र ८३ रन जोड्दा ७ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। यस्तो अवस्थामा वेस्ट इन्डिज १०० रनभित्रै समेटिने खतरा बढेको थियो। तर, अनुभवी ज्यासन होल्डर र रोमारियो सेफर्डले खेलको नक्सा नै बदलिदिए। यी दुईबीच आठौँ विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी भयो।
रोमारियो सेफर्डले ३७ बलमा ५२ रन बनाउँदै अविजित रहे भने ज्यासन होल्डरले ३१ बलमा ४९ रन बनाउँदै अन्तिम ओभरमा रनआउट हुन पुगे।
यता दक्षिण अफ्रिकाका बलरहरूले सुरुवातमा घातक बलिङ गरे पनि अन्तिम ओभरहरूमा लय गुमाए। लुङ्गी एनगिडी ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिँदै सबैभन्दा सफल बलर बने। कागिसो रबाडाले ४ ओभरमा मात्र २२ रन खर्चेर २ विकेट लिए।





























प्रतिक्रिया