केन्या विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता { Live Score }

केन्या विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता { Live Score }

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ । टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । नेपालका लागी सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् ।

नेपाल दवावमा

जारी प्रतियोगितामा नेपाल दवावमा रहेको छ । १७ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले महत्वपूर्ण १ विकेट लिए । लामिछानेले केन्याका लागी महत्वपूर्ण ६४ रनको साझेदारी गर्न ४१ रन बनाएका अलेक्स ओबण्डालाई आउट गरेका हुन् ।

सुरुमा बलिङ गर्न आएका सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १३ रन दिएका छन् । त्यस्तै ६ ओभर बलिङ गरेका करन केसीले १ मेडेन ओभर खेल्दै २६ रन दिएका छन् । ४ ओभर बलिङ गरेका कप्तान पारस खड्काले १ मेडेन ओभर खेल्दै ११ रन दिएका छन् । भने बसन्त रेग्मीले १ ओभरमा ६ रन दिएका छन् ।

३ खेल खेलिसकेको नेपालले २ मा जित निकालेको छ भने १ खेलमा हार व्यहोरेको छ ।

Logo