काठमाडौं । मध्यपूर्वमा बढ्दै गएको तनावपूर्ण परिस्थितिका कारण काठमाडौँमा आयोजना हुन लागेको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला स्थगित भएको छ।
आगामी मार्च १० (फागुन २६) देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने तय भएको यस श्रृंखलामा आयोजक नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा हुने कार्यतालिका थियो। तर, पछिल्लो समय मध्यपूर्वको हवाई क्षेत्रमा देखिएको असुरक्षा र उडानहरूमा आएको अवरोधका कारण सहभागी टोलीहरूको यात्रा असहज भएपछि खेलहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, ओमान र युएईका टोलीहरू नेपाल आउन असमर्थ भएपछि यो निर्णय लिइएको हो। स्थगित भएका यी खेलहरू कहिले हुने भन्नेबारे केही दिनमा आधिकारिक जानकारी दिइने बताइएको छ।
लिग-२ मा नेपाल २० खेलबाट १२ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। पुछारको युएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ।





























प्रतिक्रिया