विन्टर ओलम्पिकमा ‘किम जोङ र डोनाल्ड ट्रम्प’ एक अर्काको अँगालोमा (हेर्नुहोस् भिडियो)

विन्टर ओलम्पिकमा ‘किम जोङ र डोनाल्ड ट्रम्प’ एक अर्काको अँगालोमा (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । यस वर्षको विन्टर ओलम्पिक खेल शुक्रबारबाट सुरु भएको छ । दक्षिण कोरियाको प्योंगचाङमा सुरु भएको यो खेल उद्घाटन सत्रमा सहभागी दुई व्यक्ति अहिले बिश्वभरका संचार माध्यामहरुमा भाइरल बनिरहेका छन् । ति हुन् अमेरिका राष्ट्रपति ‘डोनाल्ड ट्रंप’ र उत्तर कोरियाका नेता ‘किम जोङ उन’ ।

कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका र कोरियाबीच लामो समयदेखि वाकयुद्ध चलिरहेको छ । यी दुबैले एक अर्कालाई देखि सहदैनन । एकले अर्कोलाई एकदमै निम्नस्तरको गाली गलोज समेत गरि सकेका छन् तर शुक्रबार देखिएको एउटा दृश्यले भने दुनियालाई एकछिन सोच्न बाध्य पार्यो । झट्ट हेर्दा किम र ट्रंपकै झल्को दिने भेषमा पुगेका दुई व्यक्तिको आत्मिय प्रस्तुतीमाथि अहिले विश्वभर चियोचर्चा भैरहेको छ । 

ओलम्किमा उत्तर कोरिया र दक्षिण कोरियाले एउटै झण्डाबाट मार्च पास पनि गरेको छ । ओलम्पिकमा सहभागी हुन किम जोङले देशको प्रतिनिधिमण्डलसँगै आफ्नी बहिनी किम यो जोङ तथा राष्ट्राध्यक्ष किम योङ नामलाई दक्षिण कोरिया पठाएका छन् । 

हेर्नुहोस् भिडियो 

भिडियो प्ले नभए यहाँ क्लिक गर्नुहोस् 

Logo