नेपाललाई दोस्रो सफलता

नेपाललाई दोस्रो सफलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपाल र ओमानबीचको खेल जारी रहेको छ ।

जारी खेलमा ओमानले १ सय ३९ रनको लक्ष्य पच्छ्याईरहेको छ । ११ ओभरको खेल सकिँदा ओमानले २ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका लागी २.३ ओभरमा सोमपाल कामीले पहिलो विकेट लिएका थिए । दोस्रो विकेट सन्दिप लामिछाने नाममा रह्यो ।

यसअघि टस हारेर व्यटिङ थालेको नेपालले ४६ ओभरमा १० विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो ।

नेपालका लागी शरद भेश्वाकर २२, दिपेन्द्रसिंह ऐरी २० रन बनाए । त्यस्तै दिलिप नाथ १९, कप्तान पारस खड्का १७ सोमपाल कामी १७, ज्ञानेन्द्र मल्ल ७ र आरिफ सेखले ६ रन बनाए ।

नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने ओमान क्यानडासँग ८ विकेटले पारजित भएको थियो ।

Logo