हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

केन्द्रबिन्दु
15
Shares

ललितपुर। महिला सशक्तीकरण र स्तन क्यान्सरसम्बन्धी सचेतना बढाउने उद्देश्यले काठमाडौँ पिंक केयराथन जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ।

लेजरपोर्ट नेपालद्वारा आयोजित २१.१ किलोमिटर हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) पहिलो भइन्। राज्यलक्ष्मी रावल (नेपाल आर्मी) दोस्रो र सरस्वती भट्टराई (नेपाल आर्मी) तेस्रो भइन्।

कार्यक्रम बिहान ६ बजे जुम्बा सत्रबाट सुरु भएर त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरियो।

प्रतियोगितामा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटर फन रन समावेश थियो। १० किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) पहिलो, आशा राउत (सशस्त्र प्रहरी) दोस्रो र सुमित्रा चौधरी (नेपाल प्रहरी) तेस्रो भइन्।

हाफ म्याराथनका विजेताले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार पाए।

१० किलोमिटर दौडका विजेतालाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ नगदसहित विभिन्न उपहार प्रदान गरिएको छ। कार्यक्रममा भारतको मुम्बईका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिए।

सन् २०१७ देखि आयोजना हुँदै आएको यस कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको छ।

Logo