काठमाडौं । एनपीएल, टी–२० विश्वकप र हालै सम्पन्न निर्वाचनपछि अब तपाईं हामी सबैजना फिफा विश्वकपको पर्खाइमा छौं । प्रत्येक ४–४ वर्ष वर्षमा सुरु हुने फुटबलको यो महाकुम्भलाई विश्वका सबैजसो मानिसहरु निकै रुचिका साथ हेर्ने गर्छन् ।

अझ नेपालमा त झन विभिन्न होटल, रेष्टुरेन्ट र खुल्ला स्थानहरुमा ठुलो पर्दामा विश्वकपका खेलहरु देखाइन्छ । प्रत्येक घर–घरमा कहिलेकाही खुल्ने टिभीहरु विश्वकपको उद्दघाटनसँगै फाइनल खेल नहुन्जेलसम्म खोलिन्छ । चिया पसल र छरछिमेकमा यहि विषयमा भलाकुसारी गरिन्छ । आफूले सर्पोट गर्दै आएको देश र खेलाडीका गुनगान र रमाइलोका लागि साथीभाई बिच नै बाजी राखिन्छ ।

आजको ठिक ९० दिनपछि, अर्थात् २०८३ जेठ २८ गते विहिबारका दिन उत्तर अमेरिकाको विशाल रंगशालाहरूमा फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ सुरु हुँदैछ । क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगितामा ४८ टोली, १०४ खेल, तीन आयोजक राष्ट्र र १६ रंगशालामा सुरु हुनेछ ।

संसारका प्रत्येक ८ मध्ये ६ मानिसहरुले विभिन्न माधयमबाट हेर्ने यो प्रतियोगितामा के नयाँ हुँदैछ त ? हाल चलिरहेको खाडी युद्धले यो महाकुम्भ रोकिने सम्भावना कति छ ? अमेरिका, जोर्डन, इरान, कतार र साउदीमध्ये कुन–कुन देशहरु खाडी युद्धका कारण खेल्न असमर्थ भएका छन् त ? ३ महिनापछि सुरु हुने यो प्रतियोगिताका रोचक तथ्यहरु के–के छन् त ?

१. पहिलो पटक ४८ टोलीको सहभागिताः पहिलेका ७ संस्करणमा ३२ राष्ट्रहरु मात्र फिफा विश्वकपमा सहभागी हुन्थे तर त्यो नियमले विश्वका अन्य देशहरुलाई नसमेतेको भनेर गुनासो आउन थालेपछि फिफा केही लचिलो भएर यस पटक भने ३२ सहभागी टोली बढेर ४८ पुगेको छ । फिफाको नयाँ नियमले अफ्रिका, एसिया र अन्य महादेशका साना राष्ट्रहरूलाई ठूलो अवसर दिएको छ । किनकी पहिले ३२ टोलीमा देखिने उपसेट, रोमाञ्चकता र फुटबलको विश्वव्यापी विस्तार बढ्ने छ ।

२. तीन देशको ऐतिहासिक संयुक्त आयोजनाः यस पटक फिफा विश्वकप इतिहासमै पहिलो पटक ३ वटा देशहरुले संयुक्त रूपमा आयोजना गर्दैछन् । पहिले एक वा दुई वटा देशहरुले आयोजना गर्दै आएको फिफा विश्वकप यस पटक भने क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन ।

३. १०४ खेलः पहिले सामान्यतया ३२ राष्ट्रहरुले एकअर्काविरुद्ध ६४ खेल खेल्थिए तर तपाईलाई थाँहा छ यस पटक ३२ राष्ट्रलाई बढाएर ४२ बनाएरपछि अब ६४ को सट्टा १०४ वटा खेलहरु हुने भएका छन् ।

४. मेक्सिकोको कीर्तिमानः यस विश्वकपको अर्को रोचक तथ्यका रुपमा मेक्सिको इतिहासमै पहिलो पटक तीन पटक विश्वकप सह–आयोजकका रुपमा होस्ट गर्दैछ । यसअघि इटाली, फ्रान्स, ब्राजिल र जर्मनीले २–२ पटक विश्वकप होस्ट गरेका छन् ।

५. एस्टाडियो एज्टेकाको तीन पटक ओपनिङ कीर्तिमानः तपाईलाई थाँहा छ आउँदो जुन ११ का दिन मेक्सिको सिटीको एस्टाडियो एज्टेकामा रंगशालामा हुने मेक्सिको र दक्षिण अफ्रिकाबिचको उद्दघाटन खेल धेरै अर्थमा रोचक बन्दैछ भनेर ? एस्टाडियो एज्टेकामा रंगशालामा यसअघि पनि सन् १९७० र १९८६ मा पनि ओपनिङ र फाइनल खेल होस्ट गरिएको थियो । यसर्थ यस पटक पनि गरेर यस रंगशालाले तेस्रो पटक विश्वकपको उद्दघाटन खेल आयाजना गर्दैछ जुन आफैँमा रोचक तथ्य बन्नेछ ।

६. रेकर्ड पुरस्कार राशिः तपाईलाई थाहा छ यस विश्वकपको पुरस्कार राशि ६५५ मिलियन डलर राखिएको छ । अर्थात यस पटक फिफा विश्वकप विजेताले ५० मिलियन, उपविजेताले ३३ मिलियन, तेस्रो हुने राष्ट्रले २९ मिलियन, चौथो हुने राष्ट्रले २७ मिलियन, क्वार्टरफाइनमा पुग्ने प्रत्येक राष्ट्रले १९ मिलियन, राउन्ड अफ १६ मा पुग्ने प्रत्येक राष्ट्रले १५ मिलियन, राउन्ड अफ ३२ मा पुग्ने टोलीले ११ मिलियन र ग्रुप स्टेज खेल्ने टोलीले ९ मिलियन डलर पाउने छन् । यसअघि फिफाले समग्रमा ४४० मिलियन डलर सबै टोलीहरुलाई पुरस्कार राशिका रुपमा उपलब्ध गराउँदै आएको थियो ।

७. अपेक्षित दर्शक र भ्यूअरशिप – रंगशालामा ५ मिलियन प्लस र विश्वव्यापी ६ बिलियनः फिफाले यस पटकको विश्वकपमा अमेरिका, क्यानडा र मेक्सिकोमा गरी संयुक्त रंगशालामै आएर ५ मिलियनभन्दा बढी दर्शकहरुले प्रत्यक्ष खेलको मज्जा लिने र विश्वभरबाट ६ बिलियन भन्दा बढी मानिसहरुले प्रत्यक्ष प्रशारण मार्फत हेर्ने प्रक्ष्यपण गरेको छ । फिफाका अनुसार यस पटक यो इतिहासकै सबैभन्दा ‘वाच्ड’ स्पोर्टिङ इभेन्ट बन्ने पनि भनेको छ ।

८. इरानको बहिष्कारः हाल भईरहेको अमेरिका–इरान युद्धका कारण इरान सहभागिता नहुने वा भएको छ । मार्चमा सुरु भएको यो युद्धले आउँदो विश्वकपलाई प्रत्यक्ष प्रभाव नपारे इरानी खेलाडीको सुरक्षालाई ध्यान दिँदै इरानले अमेरिकामा नखेल्ने निर्णय गरेको हो । अर्कोतर्फ खाडी युद्धमा सहभागी भएका अमेरिका, जोर्डन, इरान, कतार र साउदी भने यो विश्वकप खेल्ने पक्का भई सकेको छ ।

समग्रमा, यो फिफा विश्वकपले फुटबललाई नयाँ युगमा पु¥याउने छ । बढी टोली, बढी खेल, बढी रोमाञ्चकता र बढी समावेशिताले गर्दा यो संस्करण इतिहासमा सधैं सम्झन लायक रहनेछ । सबैको बहुप्रतिक्षित यो प्रतियोगिताले संसारभरका फुटबल फ्यानहरुलाई एकै छातामुनी ल्याएर रोमाञ्चकता ल्याउने पक्का छ ।





























प्रतिक्रिया